बोलेरोको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

काभ्रेको बनेपामा बोलेरोको ठक्करबाट एक बालकको मृत्यु भएको छ। शुक्रबार बोलेरोले ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा सिन्धुपल्चोक स्थायी घर भई धनेश्वरमा डेरा गरी बस्ने राम अधिकारीको छोरा आशिष अधिकारी रहेका छन् ।

पनौतीबाट बनेपातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३२९१ नम्बरको बेलोरो गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका अधिकारीको शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार