वडाध्यक्षमाथि महिला सदस्यद्वारा चप्पल प्रहार

सप्तरीको बलान बिहुल गाउँपालिकाकी एक महिला सदस्यले वडाध्यक्षमाथि चप्पल प्रहार गरेकी छिन् । बलान बिहुल गाउँपालिका वडा नम्बर २ की वडा सदस्य उर्मिलादेवी गुप्ताले वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकी हुन् ।

बिहीबार कार्यपालिका निर्वाचनको क्रममा विवाद हुँदा उनले वडा अध्यक्षमाथि चप्पल प्रहार गरेकी हुन् । कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र जनमत पार्टीले गठबन्धन गरेको थियो । कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मतपेटिका सिल गर्ने क्रममा विवाद भएको थियो । विवादकै क्रममा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि

वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वाचित भएकी जनप्रतिनिधि हुन् भने वडाध्यक्ष झा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।

वडाध्यक्षमाथि चप्पल प्रहार हुँदा आरोपित वडा सदस्य गुप्तालाई बिहीबार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार