औसत आयुका आधारमा वृद्धभत्ताको उमेर घटाएको हुँ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर फेरबदल गरिएको स्पष्ट पारेका छन् ।

बजेटमाथि सदनमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले १५औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेको र त्यसै अनुसार उमेर घटाएको बताएका हुन् । यसले विपन्न नागरिकलाई राहत मिल्ने बताए । यसअघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा नयाँ बजेटमा मापदण्ड घटाएर ६८ वर्ष पुर्‍याइएकोमा आर्थिक भार थपिने टिप्पणी बढिरहेको छ ।

उनले भने, ‘गरिब र निमुखा जनतालाई वृद्धभत्तामा जोड्नको लागि वृद्धभत्ताको समय घटाएर ६८ वर्षमा झारिएको हो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार