बजेट कतै प्रभाकर जस्तो, कतै जनार्दन जस्तो देखियो : एमाले सांसद पोखरेल

काठमाडौं । नेकपा एमालेका सांसदले अर्थमन्त्रीको नाममा एमाले सांसदको नियमापत्ति जनाएका छन् । आजको संसद बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नेपालका अर्थमन्त्री जनार्दन शर्मा हुन् वा जनार्दन शर्मा प्रभाकर हुन् भनी प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्रीले अर्थमन्त्री नियुक्त गर्दा जनार्दन शर्मालाई नियुक्त गरेको तर बजेट पेश गर्दा जनार्दन शर्मा प्रभाकरले पेश गरेको भन्दै पोखरेलले प्रतिनिधिसभा नियमावलीको नियम २६ बमोजिम नियमापत्ति गरेका थिए ।

‘प्रधानमन्त्रीले एउटा व्यक्ति नियुक्ति गर्ने बजेट अर्को व्यक्तिले प्रस्तुत गर्न मिल्छ र सम्माननीयजी’ उनले प्रश्न गरे, ‘इतिहासविद्ले भोलि अध्ययन गर्दा के होला ? हामी कस्तो प्रणालीमा जाँदैछौं ?’

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा नै भएको स्पष्ट पारे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार