विप्लवको पार्टीले असोजमा महाधिवेशन गर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवौँ महाधिवेशनको मिति तय गरेको छ । पार्टीको विभाजनपछि नेकपाले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

पार्टीको ८ औं केन्द्रीय समिति बैठकले महाधिवेशन असोज १ गतेदेखि ८गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ ।त्यसअघि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेसम्म जिल्ला सम्मेलन गर्ने सो पार्टीले जनाएको छ ।

देश र श्रमिक जनताको नेतृत्व गर्ने पार्टीको सर्वोच्च निकायमा राष्ट्रको जिम्मेवारी सम्हाल्नुपर्नेमा अति अनुत्तरदायी विचलन देखा पर्नु दुःखद भएको पनि विप्लव नेकपाले जनाएको छ ।नेकपाले पार्टी विभाजन गर्ने हेमन्त प्रकाश ओली लगायतका नेताहरुमा रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप पनि लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार