माओवादीलाई एक नम्बरको पार्टी बनाउन सकिन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई केन्द्रमा राखेर उनीहरूको सुख–दुःखमा साथ दिएर काम गर्न पालिकाका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन् ।पालिकाका नवनिर्वाचित प्रमुख–उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाण्डौ आएका देशैभरका जनप्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।

उनले भने, ‘जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस् ।’ प्रचण्डले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज शुक्रवार आफ्नै निवास खुमलटारमा भेट गरेका थिए ।

अध्यक्ष प्रचण्डले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बरको बनाउन कुनै समस्या नहुने बताए । पार्टीको विचार, सिद्धान्त र आचरण विपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उनले सबैलाई सचेत गराएका थियो ।

माओवादीले अस्ति बुधवार र हिजो बिहीवार देशैभरका नवनिर्वाचित पालिकाका प्रमुख÷उपप्रमुखलाई काठमाण्डौ बोलाएर विभिन्न विधामा प्रशिक्षण दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार