कर छलेर ल्याएका मोबाइलसहित २ जना पक्राउ

बागलुङमा राजस्व छलेर ल्याएका विद्युतीय सामग्रीसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले ५३ वटा मोबाइल, दर्जनौँ इयरफोन, चार्जरलगायत विद्युतीय सामग्रीसहित २ जनालाई पक्राउ गरेको हो।

बजारको हल्लनचोकस्थित सार्वजनिक सडकमा बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १३ का ३८ वर्षीय जीवलाल गैह्रे र सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षीय चुनचुन मिश्रलाई पक्राउ गरेको हो।

उनीहरूका साथबाट बिल भरपाई नभएका मोबाइल, चार्जरलगायत विभिन्न विद्युतीय सामग्री बरामद गरेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार