पल शाहको मुद्दामाथि उच्च अदालतमा बहस जारी

 जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ । न्यायधीश द्वय ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार