हामी संसदमा भएपनि संसदवादी होइनौं : अध्यक्ष प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु संसदमा भए पनि संसदवादी नभएको बताएका छन्। उनले आफूहरुलाई संसदवादी नभन्ने र नमान्ने तर बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्ने बताए ।

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरे पनि संसदवादलाई स्वीकार नगरेको उनले बताए। पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन यो ‘स्टेप’बाट जानुपर्ने भएकाले यतातिर लागेको उनको भनाइ छ।

‘यो प्रक्रियालाई सदुपयोग गरेर अघि बढ्नमा मात्रै खोजेको हो। तर, यसबीचमा हामीमा देखिएको कार्यशैली र आचरण हाम्रो उदेश्यसँग मिलेको छैन,’ उनले भने, ‘यही विन्दुबाट हामी सुध्रिनु पर्छ।’

प्रचण्डले गत पाँच वर्षमा पार्टीको भूमिका असाध्यै कमजोर भएको पनि बताए। पार्टीको राजनीतिक वैचारिक उद्देश्य के होरु पार्टीको पहिचान के हो भनेर जनप्रतिनिधिलाई बुझाउन अभिमुखिकरण आयोजना गरेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार