आज पनि घट्यो सुनचाँदीको भाउ

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ ८ सय रुपैयाँले घटेर बुधबार ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदी भाउ पनि घटेको छ । मंगलबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार