निर्वाचन आयोगसँग ‘गाई’ चुनाव चिन्ह माग्ने राप्रपाको निर्णय

कमल थापा नेतृत्वको राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

बैठकले हिन्दू राष्ट्र पुनः स्थापना जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।

राप्रपा नेपालको ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने साहसी पर्वतारोही पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैंया नगद सहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत गर्ने निर्णय पनि भएको आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार