काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै रामेश्वरले दिए निवेदन

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले पुनः मतगणनाको माग गरेका छन् । उपप्रमुख पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मत संकेतलाई सदर मान्नुपर्ने जिकिरसहित श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक काँग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको उल्लेख गरेका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भए पछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तोकिए बमोजिम तयार गरी प्रकाशन गर्न पर्न र दफा २६ मा उम्मेदवारी दिएर अन्तिम नामावली प्रकाशन भएका उम्मेदवार र दलले निर्वाचन चिन्ह पाउने कानुनी व्यवस्थाको आलोकमा दफा ५१(१)(ङ) लाई हेरिन र व्याख्या गरिनु पर्ने उनको जिकिर छ ।

यसरी उम्मेदवारी परी, अन्तिम भइ, निर्वाचन चिन्ह प्राप्त गरेका उम्मेदवारलाई नै मतदाताले मतदान गर्ने भन्दै उनले मतपत्रमा उम्मेदवार नै नभएका खाली कोठामा निर्वाचन चिन्ह राखिनु दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय विपरीत हुने श्रेष्ठको जिकिर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार