युक्रेन युद्धले विस्थापितको संख्या १० करोड नाघ्यो

 युक्रेन युद्धले विश्वभर जबरजस्ती विस्थापित व्यक्तिहरूको संख्या पहिलो पटक १० करोडभन्दा माथि पुगेको राष्ट्रसंघीय उच्च आयुक्तको कार्यलयले जनाएको छ ।

द्वन्द्वका कारण युक्रेनमा ८० लाखभन्दा बढी मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् भने ६० लाख मानिसले देश छाडेका सो निकायले जनाएको छ ।

रुसी फौजले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा निरन्तर हमला गरेको छ । रुसी सेनाले सेभेरोदोनेत्स्कमा हमला गरेको छ ।  उनीहरूले सहरतर्फ नयाँ घेराबन्दी गर्ने योजना बनाएका छन् । युक्रेनी सरकारले किभले मस्कोसँग युद्धविराम सम्झौतामा सहमत नहुने जनाएको छ ।

कुनै क्षेत्र दिएर मस्कोसँगको युद्धविराम सम्झौतामा सहमत नहुने किभले जनाएको छ । मस्कोले लामो अवधिमा अझ ठूलो र अधिक रक्तपातपूर्ण आक्रमण सुरु गर्न सक्ने राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले बताए । यसैबीच, पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले युक्रेनको संसदलाई सम्बोधन गरेका छन् । युक्रेनमाथि रुसी हमला भएपछि युक्रेनको संसद सम्बोधन गर्ने उनी पहिलो विदेशी नेता हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार