काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?

काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाअनुसार एक लाख २८ हजार ४८५ मत गणना हुँदा बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका छन् ।

निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म  ४३ हजार ८५० मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २५ हजार ९४४ मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २५ हजार ५९ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार