सिरी `ए´ को उपाधि एसी मिलानलाई

अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।

आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले सिरी ए को उपाधि १९ औं पटक जित्यो ।

मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे । यस्तै फ्रान्क केस्सीले एक गोल गरे । खेलको १७ औं मिनेटमा जिरुडले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३६ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए ।

जितसँगै मिलानले ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा छ । दोस्रो स्थानको इन्टर मिलान २ अंकले पछि रह्याे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार