थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप १३ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४१ जनामा झरेको छ । यही अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

यस्तै २४ घण्टामा १७ हजार तीन सय दुई जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार