घट्यो कागतीको मूल्य

पछिल्लो समय अत्यधिक महँगिएको कागतीको मूल्य घटेको छ । खुद्रा बजारमा एक दाना कागतीकै २० रुपैयाँसम्म पुगेको कागतीको मूल्य घटेको हो । भारतमा कागतीको मूल्यमा ठूलो वृद्धिसँगै आयातबाटै माग धानिँदै आएको नेपाली बजारमा पनि मूल्य बढ्न थालेको थियो ।

कालीमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको थियो । अहिले भने दुई दिनमा कागतीको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँले घटेको छ । जेठ लागेपछि कागतीको मूल्य क्रमिक घट्न थालेको छ। लामो समयदेखि कागतीको मूल्य प्रतिकेजी ४ सयदेखि ४ सय ५० रुपैयाँसम्म पुगेको थियो ।
यतिबेला थोकमै प्रतिकेजी २ सय ५० रुपैयाँ भएको छ ।

नेपालमा खपत हुने अधिकांश कागती भारतीय बजारबाट आउँछ । भारतमा यसको मूल्य बढ्ने आयातबाट माग धान्ने नेपाली बजारमा समेत मूल्यवृद्धिको असर देखिएको थियो। गर्मी सिजनमा कागती बढी प्रयोग हुने गरेकोले यतिबेला बजारमा कागतीको माग बढेको छ । हरेक वर्ष नेपालमा कागतीको आयात बढ्दो छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार