फुटबल विवाद: छानविन समितिले बुझायो प्रतिवेदन

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न गठित ३ सदस्यीय समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भिक्टोर राणाको संयोजकत्वमा रहेको समितिले एन्फा महासविच इन्द्रमान तुलाधरलाई बुधबार २८ पृष्ट लामो प्रतिवेदन बुझाएको हो ।

यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । यसपछि घटना सतहमा आएको थियो । खेलाडीको समस्या लिएर प्रशिक्षक समक्ष पुगेका रोहित चन्दलाई होटल निस्कन दबाब दिएपछि अन्य खेलाडीले समेत होटेल छाडेका थिए ।

यसपछि खेलाडी र प्रशिक्षक दुवैले एन्फालाई एकअर्कालाई आरोप लगाउँदै पत्र बुझाएका थिए । यसपछि एन्फाको कार्यसमिति बैठकले तीन सदस्यीय छानबिनन समिति गठन गरेको हो । समितिले एन्फालाई सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ ।

छानबिन समितिमा पूर्व जर्नेल राणाको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व फुटबलर विदुर विष्ट सदस्य थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार