पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा निर्वाचित

पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् । बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भइन् । कांग्रसकी राजमती जसपाकी उम्मेदवार सहानी खातुनलाई १ सय ११ मतले हराउँदै विजयी भएकी हुन् । राजमतीले ३ हजार ९८२ मत ल्याएकी छन् । जसपाकी खातुनले ३ हजार ८५९ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार