सीके राउतको जनमत पार्टीले खाता खोल्यो, मेयरमा माझी निर्वाचित

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् । निवर्तमान मेयर शैलेशकुमार साहलाई पछाडि पार्दै माझी मेयर निर्वाचित भएका हुन् । माझीले ६ हजार ४ सय ४०७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत प्राप्त गरे ।

०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए । ०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए । राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरि लोसपा बनेपछि दुवै जनाले जसपा नै रोजेका थिए । जसपाले यसपटक साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि माझी मनोनयनको एक दिन अगाडि मात्र जनमत पार्टीमा प्रवेश गरेका थिए ।

यस्तै उपमेयरमा जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिएकी छन् । ६ हजार ५१२ मत प्राप्त गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत प्राप्त गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार