काठमाडौंमा एमालेको पहिलो जित, टोखामा दोहरिए प्रकाश

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत सविता शर्माका अनुसार अधिकारीले १० हजार ३४० मत प्राप्त गरे । कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन् । अघिल्लो निर्वाचनमा पनि अधिकारी नै निर्वाचित भएका थिए ।

उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका छन् । उनले १० हजार १३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत प्राप्त गरिन्।

योसँगै एमालेले काठमाडौंमा पहिलो नगरपालिका जितेको छ । यसअघि चार नगरपालिकाको नतिजा आएकोमा कांग्रेसले तीन र राप्रपाले एक नगरपालिकामा जित हासिल गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार