नेपालका लागि नयाँ भारतीय राजदूतमा ‘चीन विज्ञ’ श्रीवास्तव

भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ ।

निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तव नयाँ राजदूतमा नियुक्त भएका हुन् ।

भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै श्रीवास्तवलाई नियुक्त गरेको जानकारी दिएको हो । श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् । पूर्वी एसिया मामिला हेर्ने अतिरिक्त सचिव कूटनीतिज्ञ श्रीवास्तव चीन विज्ञका रूपमा परिचित छन् ।

उनी छिट्टै जिम्मेवारी सम्हाल्न नेपाल आउने मन्त्रालयल जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार