तीन जीवन बीमा कम्पनीले पाए मर्जरमा जान सैद्दान्तिक सहमति

गत साता मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका तीन वटा जीवन बीमा कम्पनीहरु युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले सैद्दान्तिक सहमति पाएका छन् ।

एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा बीमा समितिमा निवेदन दिएका तीन जीवन बीमा कम्पनीले मर्जरको सैद्दान्तिक सहमति पाएका हुन् ।

बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम प्राइम , गुराँस र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्ने र गाभिने सैद्दान्तिक सहमति दिएको हो ।

सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्समा युनियन र गुराँस लाइफ इन्स्यारेन्स गाभिए पनि देशकै ठूलो बीमा कम्पनी बन्नेछ । प्राइम लाइफको चुक्ता पूँजी अहिले २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने गुुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

जीव बीमा कम्पनीहरुको चुक्ता पुँजी हाल २ अबृ रहेको र यसलाई बढाएर ५ अर्ब पुर्याउन बीमा समितिले निर्देशन दिएको छ । उता निर्जीवन बीमा कम्पनीहरुका लागि भने २ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ । एक वर्षको अवधि दिएर पुँजी बढाउन समितिले निर्देशन दिएपछि यतिबेला अन्य बीमा कम्पनीहरु मर्जरका लागि पार्टनरको खोजीमा छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार