धनुषमा गोली चल्यो, ११ जना पक्राउ

धनुषाको नगराइन नगरपालिका–८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो । घटनामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलबाट २ वटा पेस्तोल बरामद भएको छ ।

चुनाव हारतिजको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो । झगडा गर्नेहरु पारिवारिक सदस्य हुन् । उनीहरुले ३ वटा पेस्तोल प्रदर्शन गरेका थिए । तर, प्रहरीले घटनास्थलबाट दुईवटा पेस्तोल बरामद गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार