ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा एमालेका झम्कनाथ नेपाल विजयी

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई झन्डै एक हजार मतले पछि पार्दै नेपाल अध्यक्षमा  निर्वाचित भएका हुन् । नेपालले ७१२७ मत प्राप्त गर्दा लामाले ६१५२ मत मात्र प्राप्त गरे। त्यस्तै, नेकपा माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठ ४१३४ मतसहित तेस्रो स्थानमा सिमित रहे ।

०७४ सालमा नेपाल अध्यक्षमा कांग्रेसका वंशलाल तामाङसँग पराजित भएका थिए । तर, यसपटक भने उनी सफल रहे ।

उपाध्यक्ष पदमा पनि एमालेकै शोभना तामाङ ६५१३ मतसहित निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी दयाकुमारी मिश्र ६४६३ मतमा रोकिइन् ।

१२ वडा रहेको यस गाउँपालिकामा एमाले र कांग्रेसले ५/५ वटा वडा अध्यक्ष जितेका छन् भने माओवादी २ वटा वडाअध्यक्षमा विजयी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार