हेटौंडामा लामाले बढाइन् अग्रता, सिंह एक सय २० मतले पछाडि

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार मीना लामाले अग्रता बढाएकी छन् ।

२१ हजार २ सय ३१ मत गन्दा गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी लामाले ६ हजार ६१९ मत पाएकी छन् ।

उनलाई राप्रपाका दिपक बहादुर सिंहले ६ हजार ४९९ मतसहित पछ्याइरहेका छन् । एमालेका उम्मेदवार अनन्त पौडेलले ५ हजार ५१० मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार