संखुवासभाको पाँचखपनमा कांग्रेसका राई निर्वाचित

संखुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार विपिन राई चार हजार ७८८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुकुमार राईले तीन हजार ४३७ मत पाएका छन् ।

त्यस्तै उपपपमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ निर्वाचित भएकी छन् । उनले तीन हजार ८३४ मत पाएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अनिता न्यौपानेले तीन हजार ४८७ मत पाएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार