ओखलढुंगामा कांग्रेस कार्यकर्ताले च्याते मतपत्र

ओखलढुंगामा चिंशखुगढीमा काँग्रेसका कार्यकर्ताहरुले मतपत्र च्यातेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्नेक्रममा कांग्रेसका कार्यकर्ताले २ वटा मतपत्र च्यातेका हुन् ।

मतपत्र च्यात्ने कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भईसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार