भरतपुर महानगरपालिकामा रेनु दाहालले मतान्तर घटाइन्, विजय सुवेदी ७ मतले अगाडि

भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ४ हजार १४८ मत प्राप्त गरेका छन् ।

तर, पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले मतान्तर भने घटाएकी छन् । यसअघि ५० मतले पछि परेकी रेनु अहिले ७ मत मात्र पछि छिन् । उनले ४ हजार १४१ मत पाएकी छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ७२१ मत प्राप्त गरेका छन् ।

त्यस्तै  उमपेयर तर्फ नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४ हजार ६७१ मत पाएका छन् । यसैगरी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३ हजार ५५८ मत पाएकी छन् । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तथा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार