माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि निर्वाचन आयोगले छानबिन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डमाथि निवार्चन आयोगले छानबिन सुरु गरेको छ । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने प्रचण्डको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ ।

प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो । आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति धम्की भएको एमालेको आरोप छ ।

दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार दाहाल निर्वाचित नभए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार