प्रधानमन्त्री पदका लागि काँग्रेस नेताहरुले पार्टी सिध्याउँदै छन् : अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गरेका छन् ।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देउवाले आफू प्रधानमन्त्री बन्नका लागि कांग्रेस सिद्ध्याउन लाग्दा पनि कार्यकर्ताले पीर बिसाउने ठाउँ नभएको बताए ।

ओलीले भने– चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरूले पीर बिसाउने ठाउँ पनि पाउनुभएन । मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि उनीहरूले नेतृत्वबाट ढाडस पाएका छैनन् । तर ढुक्क हुनुस् प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ ।

चितवनका कांग्रेस कार्यकर्ताहरू प्रचण्डका बाबु छोरी बोक्न विवश भएको भन्दै उनले भोलि प्रचण्डका भाइ,भतिजा र बुहारीहरू पनि बोक्नुपर्ने अवस्था आउन सक्ने ओलीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार