सिन्धुलीको चकमकेमा गठबन्धन र एमालेलाई चुनावी सभा गर्न रोक

काठमाडौं । सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित चकमकेमा बैशाख २७ गते हुने नेकपा एमाले र सत्ता गठबन्धनको चुनावी सभालाई रोक लगाइएको छ । एमाले र सत्ता गठबन्धनले चकमकेमा स्थानीय प्रशासनको स्वीकृतिविना एकैदिन एकै समयमा चुनावीसभा गर्ने भएपछि उक्त कार्यक्रममा रोक लगाइएको हो । निर्वाचन अधिकृतको कार्यालयले शनिबार नै सूचना जारी गरेर उक्त चुनावीसभा स्थगन गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा १२ ‘ख’ मा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने व्यवस्था छ । आचारसंहिताविपरीत चुनावीसभा गर्न लागिएकाले कार्यक्रम नगर्न आग्रह गरिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार