अल्मुताइरीले प्रशिक्षणमा बोलाएका भारतीय खेलाडीले पनि क्याम्प छाडे

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा रहेका दुई भारतीय आर्मीका खेलाडीले क्याम्प छाडेका छन्।अखिल नेपाल फुटबल संघ (एन्फ)का अनुसार भारतीय आर्मी टोलीका गोलरक्षक भवीन्द्र मल्ल ठकुरी र अर्का खेलाडी सुनिल श्रेष्ठले क्याम्प छाडेका हुन्।

भारतीय सेनामा आर्मीको (रातो) टिमबाट फुटबल खेलिरहेका ठकुरीले शुक्रबार भएको एभनिर एफसी, क्यामरुनविरुद्धको दोस्रो मेत्रीपूर्ण खेलमा केही मिनट खेलेका थिए।

तर, उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू प्रशिक्षक र खेलाडीको विवादमा पर्न नचाहने बताउँदै नेपाली टोलीबाट नखेल्ने जानकारी दिएका हुन्।त्यस्तै, भारतीय आर्मी मै कार्यरत अर्का खेलाडी श्रेष्ठले पनि राष्ट्रिय टोलीको क्याम्प छाडेका छन्।

एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली फुटबल टोली थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम छ। कतारमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

आगामी जुनमा हुने एएफसी एसियन कप छनोटतर्फ समूह ‘ए’ मा परेको नेपालले आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने तय भइसकेको छ।

तर, प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई दुर्व्यवहार गरेको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका खेलाडीले मुख्य प्रशिक्षकविरुद्ध ‘विद्रोह’ गर्दै क्याप छाडेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार