बागी उम्मेद्वारी दिएका ६ जना कार्यकर्ता माओवादीबाट निष्कासित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवारी दिएका छ जनामाथि कारबाही गरेको छ । माओवादीले गोलबजार नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका रामचन्द्र महतो कोइरीसहित छ जनालाई कारबाही गरेको हो ।

कारबाहीमा परेकामा मेयर महतो, उपमेयर वास्ना मोक्तान, प्रवेश लामा, मनोज सिंह, कमल स्याइवो र पुजन सिंह हुन् । पार्टीका मधेस प्रदेश इञ्चार्ज गणेश शाहले उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन् ।

नगर समिति, सिराहाबाट कारबाहीको लागि सिफारिस भएका उनीहरुलाई पार्टी अनुशासन पालना गरेको नदेखिएकोले पार्टी विधानको धारा ११ को दफा १ ९ग० अनुसार केन्द्रको निर्देशनबमोजिम कारबाही गरिएको पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार