देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि बुढानिलकण्ठ पुगेको स्रोतले बतायो । अहिले उनीहरु बीच भेटवार्ता जारी छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार