राष्ट्रिय सभा गृहमा नमूना मतदान (तस्बिरहरू)

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौंमा नमूना मतदान गरिएको छ । मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन काठमाडौंको राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो ।

नमूना मतदानमा विभिन्न पालिकाका मतदान अधिकृतहरुको सहभागीता रहेको थियो । मतदानमा महिला, पुरुष, अशक्त लगायतको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिने बारे जानकारी गराइएको थियो । त्यस्तै मतदानका क्रममा हुनसक्ने अप्रिय घटनाका बारेमा पनि अभ्यास गराइएको थियो ।

आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन देशभर एकैपटक हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले विभिन्न ठाउँमा नमूना मतदान गर्दै तालिमहरू दिँदै आएको छ ।

निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार