धर्मेन्द्रले अघि सारेकाे राजनीतिक कार्यदिशा आहुतीको पार्टीसँग मिल्दोजुल्दो !

 नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई भने खारेज गरेको छ ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो । तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) पार्टी गठन गर्दै उक्त पार्टीका संयोजक बनेका नेता धर्मेन्द्र बास्तोलाले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को कार्यदिशा अघि सारेका हुन् ।

यही राजनीतिक कार्यदिशामा टेकेर पुँजीवादी क्रान्तिको सम्पूर्ण चरण पूरा गर्दै सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेर अन्ततः समाजवादसम्म पुग्न सकिने उक्त पार्टीले संश्लेषण गरेको छ ।

बास्तोलाको पार्टीको यो राजनीतिक कार्यदिशा भने विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीको कार्यदिशासँग मेल खाने देखिन्छ । किनभने आहुतीको पार्टीको पनि कार्यदिशा ‘वैज्ञानिक समाजवाद’ हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार