दोस्रो एकदिवसीयमा जिम्बावे ‘ए’ सँग भिड्दै नेपाल, बदला लिने मौका

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पाहुना टोली जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल बिहान ९ : ३० बजे सुरु हुनेछ ।

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।

जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा रहेको छ । जिम्बावे दोस्रो खेल जित्दै सिरिज कब्जा गर्न चाहन्छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेए सँग सिरिज खेलिरहेको हो। यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार