संविधान र परिवर्तनलाई बचाउन गठबन्धन आवश्यक : नेता पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र परिवर्तनलाई बचाउन गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन्। शुक्रबार शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राजनितिक स्थायित्वका लागि चुनावी तालमेल भएको बताएका हुन्।

‘सत्ता गठबन्धन परिर्वतन र संविधानलाई बचाउन, राजनीतिक स्थायित्व बनाउन बनेको हो। देशमा राजनीतिक स्थिरता ल्याउन सकेका छैनौँ। यसमा हामी सबैको दोष छ, पौडेलले अगाडि भने, ‘ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ। गठबन्धनभित्र उक्साएर गठबन्धनलाई कमजोर पार्ने कोशिश भएको छ। गठबन्धनलाई कमजोर बनाउनु भनेको अस्थिरतालाई लम्ब्याउनु हो।’

पाँच दलीय गठबन्धनको समन्वयन समितिको संयोजक समेत रहेका पौडेलले संकिर्णता त्यागेर गठबन्धनलाई सफल बनाउनुपर्ने उल्लेख गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार