काठमाडौंमा गठबन्धनको जित निश्चित छ : सिर्जना सिंह

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंमा गठबन्धनको जित निश्चित भएको दाबी गरेकी छिन् । काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत सिंहले व्यक्त गरिन् ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन् ।

‘काठमाडौंमा हाम्रो जित निश्चित छ । हामी जितेर आएपछि जनताले सोचेजस्तो काठमाडौं बनाउँछौं । मतदाताको शिर निहुरिन दिदैनौं । महानगरलाई महान् घरजस्तो बनाउँछु । सबैलाई सम्मान गर्ने र सबैलाई अपनत्व दिने काठमाडौं बनाउँछौं’, सिंहले भनिन् ।

आफू मेयर भएपछि काठमाडौंका सबै टोल र गल्लीमा सडक बत्ती र सीसी टिभी जडान गर्ने सिर्जनाको प्रतिवद्धता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार