जिम्बावे ‘ए’ विरुद्ध नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’लाई १३७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रन बनायो ।

नेपालका सात ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नसकेर आउट भए । नेपालले दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो । ओपनर कुशललाई भिक्टोर नउचीले १९ रन बनाएर क्याच आउट गराए । नेपालले तेस्रो ओभरको पाँचौं बलमा आरिफ शेखको रुपमा दोस्रो विकेट गुमायो । बार्ड इभान्सले आरिफ शेखलाई ५ रनमा क्याच आउट गराए ।

कप्तान सन्दीप लामिछाने ४ रन बनाएर ३१ ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट भए । नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा अग्रता लिने योजनामा छ । यता बलियो जिम्बावे ‘ए’ विरुद्ध जित निकाल्न सहज भने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार