हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्सले गरे मर्जर सम्झौता

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीम मर्जरमा जाने सहमति भएको छ ।  दुवै कम्पनीको अधिकारीले मर्जरमा जार्ने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । बिहीबार भएको छलफलपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

दुई कम्पनीका सञ्चालक समितिका सदस्यहरुका बीचमा छलफल पश्चात भएको हस्ताक्षर कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा मुख्य शेयर होल्डर खेतान ग्रुपका राजेन्द्र खेतान समेत उपस्थित थिए ।

बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि उनीहरू मर्जरमा जान लागेका हुन् । यसअघि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जान खोजेको भएपनि कौडीको भाउमा खान खोजेपछि मर्जर प्रक्रिया बीचैमा भाँडिएको थियो ।

यी दुई कम्पनीहरु मर्जरको जानुको प्रमुख कारण भने बीमा समितिले ल्याएको पूँजी वृद्धिको योजना हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ । पूँजी वृद्धिका लागि समितिले एक वर्षको समय दिएको छ । हाल जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जिवन बीमा कम्पनीहरुको अर्ब रुपैयाँमात्रै चुक्ता पूँजी तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार