कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने यसअघि नै बताइसकेका छन् । जसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते दिउँसो १ बजे संसद् बोलाएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार