उपत्यका छाड्न स्थानीय तहको सिफारिस चाहिने

काठमाडौं उपत्यका छाड्न अब स्थानीय तहको सिफारिस चाहिने भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो ।

उपत्यका छाडेर गाउँ फर्कन चाहनेहरुले सम्बन्धित स्थानीय तहको १० दिन क्वारेन्टाइनमा बस्‍ने सिफारिस अनिवार्य गरेको छ । ‘उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने’ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयमा भनिएको छ ।

त्यस्तै पत्रकार तथा सञ्‍चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको प्रेस पास नभएका सञ्‍चारकर्मीरकर्मचारीको हकमा सम्बन्धित सञ्‍चार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई झन् कडा पार्दै २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार