थप ७ हजार ६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

कोरोना संक्रमित र मृत्युको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउँदै

नेपालमा मंगलबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् भने कोरोनाका कारण अहिलेसम्मकै बढी मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने थप ५५ जनाको मृत्यु भएको छ, जुन हालसम्म कै उच्च हो ।

१६ हजार १३१ पीसीआर विधिबाट परिक्षण गर्दा ७ हजार ५८७ जना र ५७१ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५५ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप १ हजार ७७५ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ५९ हजार ७९८ सक्रिय संक्रमित रहेका छन् भने २५३ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख ३७ हजार २९५ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार