नेपालमा कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु

नेपालमा मंगलबार कोरोना भाइरस संक्रमणका कारण थप ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्ला केहि दिनहरुमा कोरोना संक्रमित र मृत्युको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउँदै छ । मंगलबार थप ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार