राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश दोस्रो पटक

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् । संवैधानिक परिषद् अध्यादेश जारी भएको यो दोस्रो पटक हो ।

आज जारी अन्य अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार