बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना भएको छ । मंगलबार दिउँसो भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

से १ ज १८३ नम्बरको जिप पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ को गणमेश्रमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ । मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा नम्बर ६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर रोडिदेवलबाट सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो । प्रवक्ता खड्का अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार