उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

पसल बिहानमात्रै खोल्न पाइने

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । यसअघि साँझ पनि खोल्न दिइएको थियो ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार