माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको उनले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । त्यस्तै सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने सम्बन्धमा पनि बैठकमा छलफल हुने भएको छ ।

यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार